पालिकाको उपचुनावअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन हुँदैछ । आज बेलुका ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका छ ।

देशभर उपचुनाव हुन लागेका ४४ पदमा ४ सय १० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । उनीहरूमध्ये ६६ जना महिला, ती सय ४२ जना पुरुष र अन्य दुई जना छन् ।भोलि बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । भोलि नै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।यही मङ्सिर १६ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।