गुल्मीको रिडी–बल्कोट सडक खण्ड आजदेखि बन्द गरिएको छ । सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–१ साँखरा भीर क्षेत्रमा चट्टान फोर्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने कामका लागि आउँदो फागुन २० गतेसम्म सडक बन्द गरिएको हो ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका निमित्त योजना प्रमुख हुमनाथ पौडेलले रिडी–बल्कोट सडक बन्द भएपछि यात्रुलाई वैकल्पिक मार्ग सातमुरेदेखि–शृङ्गा बलेटक्सार हुँदै रिडी, सातमुरदेखि–सीजीको बाटो हुँदै पाल्पाको हार्थोक र रिडीको सातमुरे रहदेखि–ठाडो खोला हुँदै रिडीको सडक प्रयोग गर्न आग्रह गर्नुभएको छ ।