सुदूरपश्चिम र कर्णाली प्रदेशबाट यस वर्षको मनसुन बाहिरिन थालेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आइतबार साढे चार बजे जारी गरेको बुलेटिनमा यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै भागबाट बाहिरिएको जानकारी गराएको हो ।

त्यस्तै लुम्बिनी प्रदेशका थोरै स्थानबाटसमेत यस वर्षको मनसुन बाहिरिएको छ । मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको विभागले जनाएको छ ।।