अप्रेसनका लागि बेहोस बनाउने औषधि खुवाँउदा बालिकाको मृत्यु भएपछि प्रहरीले तीन जना डाक्टरलाई पक्राउ गरेको छ । डोटीको सुजङ्ग अस्पतालमा सिलगढी नगरपालिका– ३ दिपायल निवासी लोकेन्द्र भुलकी ९ वर्षकी छोरी रजनी भुलको भाँच्चिएको बायाँ हातको अप्रेसन गर्नका लागि बेहोस बनाउने औषधि खुवाँउदा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालिकाको खेल्ने क्रममा लड्न गई बायाँ हात भाँच्चिएको थियो । ् बुधवार साँझ अप्रेसन गर्नका लागी अप्रेसन थ्रेटरमा राखेर बेहोस गर्ने क्रममा औषधीको रियाक्सनले बालिकाको मृत्यु भएको सुजङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताउनुभयो । उपचारमा संलग्न चिकित्सकहरू डा.राजमणि यादव, डा. सुरेन्द्र कुमार चौधरी र डा. अभिषेक यादवलाई प्रहरी नियन्त्रणमा लिएको छ ।