दाङको तुलसीपुरमा एक बालक बेवारिसे अवस्थामा फेला परेका छन् । तुलसीपुर–३ गोठिखोला नजिकै आज दिउँसो २ बजेको समयमा अन्दाजी डेढ बर्षको बालक फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

बालकको आफन्त तथा बालकलाई चिन्ने इलाका प्रहरी कार्यालय तुलसीपुर तथा मानव सेवा आश्रममा सम्पर्क गर्नसमेत प्रहरीले आग्रह गरेको छ ।