दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन ।

घाइते हुनेमा लमही नगरपालिका – ४ शान्ति नगर बस्ने २४ वर्षका सुलेमान खान, वर्ष ४० का राज कुमार विक र १८ वर्षिय जगत नेपाली रहेका छन ।लमही देखि घोराही तर्फ जाँदै गरेका उनिहरु आफै नियन्त्रणमा गुमाएर लमही नगरपालिका -६ बेल्दमारमा दुर्घटनामा परेका थिए ।उनिहरु रा २ प १५ नम्बरको मोटरसाइकलमा सवार थिए । आज बिहान १२ बजेको आसपासमा दुर्घटना भएको थियो ।घाइतेहरुको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ । मोटरसाइकल चालक सुलेमानलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रिफर गरिएको छ ।