२१ कात्तिक । रोल्पामा श्रीमानले चलाएको मोटरसाइकल पल्टिँदा श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनछहरी गाउँपालिकाका–१ झम्की निवासी २८ वर्षीया खुनो विक रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मोहन विकले चलाएको रा ६ प ४०५३ नम्बरको मोटरसाइकल सुनछहरी गाउँपालिका–५ थवाङको पेवाङबाट उवा जाने भित्री सडक खण्डमा पल्टिँदा उहाँकी श्रीमतीको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल पल्टिदा पछाडी सवार रहेकी बिक सडकबाट झण्डै ५० मिटर तल खस्नुभएको थियो ।