त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि झण्डै पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो ।

कार्यालयका महाप्रवन्धन जगन्नाथ निरौलाले आन्तरिक र बाह्य उडान ३० प्रतिशत कटौती गरेर भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गर्नेगरि तयारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार स्तरोन्नतिका क्रममा राति १० देखि बिहान ८ बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।