नवलपरासीकाे बर्दघाट नगरपालिका–४ दाउन्ने जङ्गलमा रहेको खुर्सानीखोलामा पर्ने पूर्व–पश्चिम राजमार्ग दुईतर्फी खुलेको छ ।

बिहान ९ बजेदेखि एकतर्फी सञ्चालनमा आएकाे सडक केहीबेर अघिदेखि दुईतर्फी सञ्चालनमा आएकाे प्रहरीले जनाएकाे छ ।
हिजो बेलुका बाटो भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । सडक भासिएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएपछि गाडी चलाउन रोक लगाइएको थियो ।