सहकारी ठगीको मुद्दामा थुनछेक बहसका लागि पूर्वग्रहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका छन्।

हिजो बुधबार बयान सकिएपछि बिहीबारबाट थुनछेक बहस सुरु हुन लागेको हो। सोही बहसका लागि लामिछाने आज अदालतमा हाजिर भएका हुन्।
रकम अपचलनमा प्रतिवादी बनाइएका पूर्वगृहमन्त्री तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसँग बुधबार बयान लिएर परिवारको जिम्मा लगाइएको थियो।
न्यायाधीश प्रल्हादकुमार योगीले लामिछानेको बयान लिएका थिए। आज थुनछेक बहस हुने जिल्ला अदालत रुपन्देहीका वैतनिक वकिल कृष्णप्रसाद ढकालले जानकारी दिए।