दाङमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १३ सेवार सृजनशील टोल डेरा गरी बस्ने सल्यान दार्मा गाउँपालिका ६ घर भएका २० वर्षीय कमल बुढाथोकीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

कमलले ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी भेट्न बोलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेर यस बारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।