लुम्बिनी प्रदेश सरकारले ४५औँ विश्व पर्यटन दिवस दाङको घोराहीमा भव्य कार्यक्रमको आयोजना गरेर मनाउँदै छ । विश्व पर्यटन दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले‘घुमौँ लुम्बिनी’ भन्ने मान्यता प्रदेश सरकारले स्थापित गर्न खोजेको बताएका हुन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ‘समृद्ध लुम्बिनीः आत्मनिर्भर प्रदेश’को दीर्घकालीन लक्ष्य पूरा गर्न पर्यटन क्षेत्र महत्त्वपूर्ण आधार स्तम्भ भएको बताएका छन् ।लुम्बिनी भ्रमणमा आउने पर्यटकहरूलाई १२ जिल्लाका महत्त्वपूर्ण पर्यटकीय स्थलमा पुर्याउन लुम्बिनी पर्यटन सर्किट बनाउने गरी सरकारले काम थालेको आचार्यको भनाइ छ ।

सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवसको अवसरमा विश्वव्यापि आवागमनलाई सहज, सरल तथा पहुँचयोग्य बनाउने उद्देश्य राखेर संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको आह्वानमा हरेक वर्ष विश्व पर्यटन दिवस संशारभर विभिन्न कार्यक्रम गरेर मनाइँदै आएको छ ।