राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पोखराबाट स्थलमार्गबाट काठमाडौंका लागि हिँडेका छन् ।

सूर्यदर्शन सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा थुनामा रहेका लामिछाने बिहीबार ६५ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।८४ दिनसम्म जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा बसेका उनलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले धरौटी लिएर छाड्न आदेश दिएको थियो ।
पोखराबाट गाडीमा हिँडेका उनी अब जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनेछन् । उनीसँग उनका श्रीमती निकिता पौडेल पनि साथमा छिन् । उनी शुक्रबार नै जिल्ला अदालत, काठमाडौंमा उपस्थित हुन सक्नेछन् ।बिहीबार रविसहित सात जना प्रतिवादीलाई धरौटी रकम लिएर छाड्न अदालतबाट आदेश भएको थियो । सातमध्ये ३७ लाख धरौटी मागिएकी लीला पछाईं मात्रै बिहीबार नै जेल चलान भएकी छन् । अरु सबै रिहा भइसकेका छन् ।