दाङमा सवारी दुर्घटना न्यूनीकरण गर्न पूर्व–पश्चिम राजमार्गअन्तर्गत भालुबाङदेखि नर्तीसम्मको १५ किलोमिटर सडकखण्डमा परीक्षणका लागि टाइम कार्ड लागू हुने भएको छ।

पुस ११ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि परीक्षणको रुपमा टाइम कार्ड लागू गर्ने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयनमा लगिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए।
आइतबार जिल्ला पशासन कार्यालयमा भएको सरोकारवाला पक्षसँगको छलफलले थप निर्णयहरु गरेको छ। यो क्षेत्रमा प्रतिघण्टा ४० किलोमिटरको गतिमा मात्र सवारी साधन चलाउन मिल्ने गरी व्यवस्था गरिएको छ।