१ पुस
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजलको मूल्य घटाएको छ । निगमका अनुसार गएरातिदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाइएको हो ।

डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले घटेको छ । निगम सञ्चालक समितिको निणर्यअनुसार आजदेखि काठमाडौँ, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोल हाल्दा प्रतिलिटर १६२ रुपैयाँ तिर्नुपर्छ । यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य १ सय ५१ रुपैयाँ कायम गरिएको छ । सुर्खेत र दाङ डिपो अन्तर्गतको क्षेत्रमा पेट्रोल १ सय ६१ रुपैयाँ र डिजेल तथा मट्टितेल १५० रुपैयाँ कायम भएको छ ।
बाँकी क्षेत्रमा पेट्रोल १५९.५० रुपैयाँ र डिजेल मट्टितेल १४८.५० रुपैयाँ पर्ने निगमले जनाएको छ । भारतबाट पेट्रोलियम पदार्थ आयात गर्ने निगमले त्यहाँबाट नयाँ मूल्यसूची आएसँगै मूल्य समायोजन गर्ने गरेको छ ।