१७ मंसिर
गढवामा ४५ दिने लोपोन्मुख बाद्यबादन तथा पञ्चैबाजा बजाउने तालिम सुरु भएको छ।

घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा लोपोन्मुख बाद्यबादन तथा पञ्चैबाजा बजाउने तालिम सुरु भएको हो।तालिममा २० जनाको सहभागिता रहेको छ। गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाको टिमलाई थप ज्ञान शिप कला दिलाउन ४५ दिने लोपोन्मुख बाद्यबादन तथा पञ्चैबाजा बजाउने तालिम दिन लागेको बताईएको छ।
घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङका निमित्त प्रमुख उद्योग अधिकृत सन्तोष कुमार सुबेदीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विर बहादुर आले मगरको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको।तालिम उद्घाटन कार्यक्रममा ६ नम्बर वडासदस्य दिनमणी आचार्य, घरेलु तथा साना उद्योग कार्यालय दाङका बरिष्ठ प्रशासन सहायक जंगल बहादुर डांगी, गढवा पञ्चैबाजा तथा कला संस्कृति संरक्षण केन्द्रका अध्यक्ष दयाराम थापा, संस्थापक अध्यक्ष चुडामणी पौडेल, सहजकर्ता अनिल चौधरी,तालिमको प्रशिक्षकमा राम चन्द्र सेवा रहनु भएको छ।