चीनको सिचुआन प्रदेश सरकारको आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रदेश सरकार विच पर्यटन प्रबर्द्धनमा सहकार्य गरिने बताएका छन् ।

छेन्दुमा रहेको जाइन्ट पाण्डा ब्रिड सेन्टरको बुधबार अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले भगेनी सम्बन्धलाई पुनर्ताजगी गर्दै दुई प्रदेशका विचमा सहयोग आदानप्रदानलाई तिब्रता दिइने बताएका हुन् । सिचुआनको छेन्दु बाट लुम्बिनीको भैरहवा सिधा हवाई उडानको व्यवस्था गर्ने बारेमा पहल सुरु भएको जानकारी दिदै उनले चीनले पर्यटनको क्षेत्रमा हासिल गरेको उपलब्धि र सिकाइलाइ अनुसरण गर्दै पर्यटन प्रबर्द्धनमा सहकार्य हुने बताए । भ्रमणमा मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डाक्टर रामबहादुर राउत, स्वकीय सचिव कुशल भुसाल, विज्ञ सल्लाहकार डाक्टर सागर न्यौपाने, मुख्यमन्त्रीकी श्रीमती दिपा आचार्यलगायत भ्रमणमा सहभागी छन् ।