दाङको देउखुरीमा बसको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् ।

आज विहान ९:४५ बजेको समयमा काठमाडौँ देखि सुर्खेत जाँदै गरेको क. प्र०२००१ ख ०८२३ नम्बरको बसले सिसहनियाँ बजारमा बाटो क्रस गरिरहेको ग २३ प ६७९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक रूकुम चाैरझारी नगरपालिका- १० बस्ने वर्ष २५ का प्रदिप खत्री घाइते भएका छन् ।
उनको कुहिना र नाकमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घाइते खत्रीको अहिले सिसहनियाँ स्वास्थ्य चाैकीमा उपचार भइरहेको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।