२० कात्तिक । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा पोखरामा प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । सहकारी ठगी, सङ्गठित अपराधको कसूरमा अनुसन्धानका लागि हिरासतमा रहेका सभापति रवि लामिछानेलाई प्रहरीले आज दोस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराएको छ । म्याद थपको बहस सकिएको छ ।

अब केहीबेरमा न्यायाधीश चन्द्रकान्त पौडेलले म्याद थपको निर्णय सुनाउनु हुनेछ ।