
जंगलमा जुवा तास खेलिरहेको अवस्थामा जुवा खालबाट नगद सहित ५ जना पक्राउ परेका छन।
पक्राउ पर्नेमा रोल्पाकाे परिवर्तन गाउँपालिका -२ बस्ने वर्ष २८ को हिमाल वली, दाङका घोराही उपमहानगरपालिका -१२ बस्ने बर्ष ३३ को जिवराज रावत, घोराही उपमहानगरपालिका -९ बस्ने बर्ष ३७ को केशव शाह, घोराही उपमहानगरपालिका -१३ बस्ने बर्ष ३० को सुर्य बोहरा र बंगलाचुली गाउँपालिका -३ बस्ने बर्ष ३० को केदार परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
उनिहरुलाई तुलसीपुर उप-महानगरपालिका -१९ कुटिचौर शान्ती कर्मकोट सामुदायिक वन स्थित जंगल भित्र जुवा खेली रहेको अवस्थामा फेलापारी पारेर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमल्सिनाले बताए।
जुवाको खालबाट नगद रू.७०,११०।– (सत्तरी हजार एकसय दश रूपैया) र तास खेल्न प्रयोग गरिएको तासको गड्डी थान-६ बरामद गरिएको प्रहरी उपरीक्षक तिमल्सिनाले बताए।