२४ मंसिर
रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाका किशोरीहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटगर्दै समुदायका समस्या सुनाएका छन् । सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भेट गर्दै किशोरीहले गाउँ समाजमा आफुहरुले भोगिरहेका समस्या मुख्यमन्त्री आचार्यलाई सुनाएका हुन ।

उनिहरुले उज्ज्वल भविस्य र बलियो अभियान सञ्चालनको लागि १७ बुदे माग पत्र मुख्यमन्त्री आचार्यलाई पेश गरेका हुन । मुख्मन्त्री आचार्यले किशोरीहरुले राखेका समस्यालाई प्रदेश सरकारले सम्वोधन गर्ने प्रतिबद्धता जनाएका छन् । किशोरीहरुले थालेको अभियानमा प्रदेश सरकारले साथ दिने बताउदै उनले किशोर किशोरीहरुको स्वास्थ्य, शिक्षा लगायत मनोसामाजिक क्षेत्रमा सहयोग पु¥याउनेगरी कार्यक्रम बनाएको जानकारी दिए ।बालविवाहको समस्या समाधान गर्न जनजागरणको अभियानलाई तिब्र पार्नुपर्ने बताए । नीगित रुपमा प्रदेश सरकारले सम्वोधन गरेको र छुटेका बिषयलाई आगामी दिनमा सम्वोधन गरिने पनि बताए । पुथाउत्तरगंगामा विकास र समृद्धि पु¥याउन प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए ।
स्वास्थ्य चौकीको स्थापना र सहज उपचारसेवा देखि खेलक्षेत्रको विकासका लागि खेलकुद मैदान, खेलसामाग्रीको व्यवस्था गर्न माग राखेका छन् । घर र विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने, बालबालिका र जेष्ठ नागरिकहरुलाई समाजीक सुरक्षा भत्ताको व्यवस्थाभएता पनि त्यो भत्ता समयमा आइनपुग्ने, महिला, बालबालिका, एकल महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, यौनीक तथा लैङ्गिक अल्पसख्यक र अतिविपन्नलाई सहज तरिकाले मासिक भत्तालिने व्यवस्था मिलाउनुपर्ने माग राखिएको छ । मुख्यमन्त्रीलाई समस्या सुनाउन किशोरी सञ्जालमा आवद्ध स्मृती सेन, प्रतिमा पुन, आरती घर्ती, समृद्धी बुढा, सुप्रिया घर्ती लगायतको उपस्थित थिए ।