
दाङ,१८ असोज । दाङमा लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१० खैराबाट ४ सय १० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित जलौरा बस्ने २० वर्षीय आकाश बुढालाई बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस बारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।