दाङको राप्ती गाउँपालिकामा पहिलोपटक मिनि चिस्यान केन्द्र स्थापना गरिएको छ।

नर्ती वन वातावरण बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहने गरि राप्ती गाउँपालिकाकाे ६ लाख ६६ हजार र संस्थाको २ लाख २२ हजार गरि कुल ८ लाख ८८ हजार रुपैयाँ लागतमा साे केन्द्रकाे स्थापना गरिएको हाे।

राप्ती गाउँपालिका वडा नम्बर ८ नयाँबजारमा स्थापना गरिएको केन्द्रकाे मंगलबार लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले उद्घाटन गर्नु भएको छ।