दाङको बंगलाचुली गाउँपालिकामा डिजिटल पत्रकारिता, मिडिया व्यवस्थापन तथा सकारात्मक सोचको विकास सम्बन्धि ५ दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

बंगलाचुली गाउँपालिकाको आर्थिक सहयोग तथा रेडियो बंगलाचुलीको आयोजनामा तालिमको आज उद्घाटन गरिएको हो । रेडियो बंगलाचुलीका स्टेसन म्यानेजर जीवन नेपालीको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले अहिले रहेक क्षेत्रमा डिजिटल माध्यमबाट काम हुने भएको हुँदा पत्रकारिता पनि डिजिटल हुनुपर्ने बताउनुभएको हो । उहाँले गाउँपालिकाका जनतालाई सु सुचित गराउनको लागि र मिडिया क्षेत्रलाई बचाइराख्नको लागि पालिकाले नै लगानी गरेर रेडियो सञ्चालन गरेको बताउनुभयो । रेडियो सुचना प्रसारणको महत्त्वपूर्ण माध्यम भएकोले पनि पालिकाले नै लगानी गरेर रेडियो स्थापना गरेको बताउनुभएको हो । यहाँका युवा युवतीहरुमा यस्ता खालका विभिन्न तालिमहरुले सकारात्मक सोचको विकासमा महत्त्वपूर्ण हुने बताउनुभयो ।कार्यक्रममा बंगलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश महासचिव भुपेन्द्र प्रकाश वली, प्रेस सेन्टर दाङका सहसचिव गिरिराज नेपाली, नेपाल प्रेस युनियन दाङका जिल्ला सदस्य हिमाल महरा लगायतको सहभागिता रहेको थियो ।
तालिममा बंगलाचुली गाउँपालिबा ८ वटै वडाबाट गरि करिब ३० जनाको सहभागीता रहेको थियो ।
पहिलो दिनको प्रशिक्षकमा वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघका पुर्व उपाध्यक्ष नरेन्द्र केसि र नेपाल पत्रकार महासंघ दाङका सचिव जेएन सागर रहनुभएको थियोे ।
रेडियो बंगलाचुलीका बजार व्यवस्थापक जंग रेउलेको स्वागत मन्तव्यबाट सुरु भएको तालिम उद्घाटन सत्रको सहजिकरण रेडियो बंगलाचुलीमा कार्यरत मधुसूदन गिरीले गर्नुभएको थियोे ।