दाङको राप्ती गाउँपालिकामा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन ३ हजार ३ सय ८७ बालबालिकाको पाखुराको नाप लिने अभियान शुरु गरिएको छ।कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै गाउँपालिकाकाे नाै वटै वडाका ६ देखि ५९ महिना सम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न लागिएको हाे।

यो कार्यक्रम हेलन केयर, भिटामिन एन्जेल र आईडिईको सहयोगमा व्याकवार्ड सोसाइटी एजुकेशन (बेस) संस्था द्वारा सञ्चालित ‘पोषण मार्फत जीवन रूपान्तरण परियोजना’ अन्तर्गत रूपमासञ्चालन गरिएको हो। बालबालिकाको पाखुराको बिच भागको परिधी मापन गरेर कुपोषणको अवस्था वर्गीकरण गरिन्छ।सरी नाप लिदा ५.५ सेन्टिमिटरदेखि ११.५ सेन्टिमिटर: कडा कुपोषण (रातो चिन्ह),११.५ सेन्टिमिटरदेखि १२.५ सेन्टिमिटर: मध्यम कुपोषण (पहेलो चिन्ह) र १२.५ सेन्टिमिटरभन्दा माथि: सामान्य अवस्था मानिन्छ ।गाउँपालिकाका ९ वटै वडाका ६४ जना महिला स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकाको पाखुराको नाप लिइने योजना रहेको छ।परियोजनाको पहिलो चरणमा घरदैलोमार्फत सचेतना फैलाउँदै सबै बालबालिकाको मल्टीसेक्टरल एक्याेन् फर न्यूट्रिसन (मुआक) लिने कार्य गरिनेछ।
मुआक परीक्षणपछि बालबालिकाको पोषण सुधार गर्न योजना निर्माणमा सहयोग पुग्ने हेलन केयरका फिल्ड संयाेजक अनिल केसीले बताउनुभयाे।व्याकवार्ड सोसाइटी एजुकेशन (बेस) संस्थाका जिल्ला सचिव रुपलाल चाैधरीले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रदायक संस्था, वडा स्तरीय स्वास्थ्य संरचना र सरोकारवालाबीच समन्वय गरेर पोषण सुधारका प्रयासलाई अघि बढाइने बताउनुभयो।राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले बालविवाह न्यूनीकरण र पोषणयुक्त खानाबारे सचेतना अभिवृद्धि गर्न जोड दिनुभयाे।राप्ती गाउँपालिकामा हाल ०.३५ प्रतिशत बालबालिका कुपोषित रहेको तथ्यांकले देखाएको छ। यसलाई समाधान गर्न यो अभियानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।