स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त गरिएको छ ।

निर्वाचन आयोगले हिजो ३२ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ६ जना राजपत्राङ्कित कर्मचारीहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो । आगामी मङ्सिर १६ गते स्थानीय तहका रिक्त ४२ पदमा उपनिर्वाचन हुँदैछ ।