पाल्पाको प्रमुख पर्यटकीय थलोका रुपमा रहेको पाल्पा दरबार संग्राहलय नेतृत्वले लामो समय देखि गुनासो सुन्दै आयो ‘संग्राहलयमा जतिबेलै उज्यालको व्यवस्था किन भएन ?’ संग्राहलय नेतृत्व नाजवाफ जस्तै बन्थ्यो । संग्राहलय नेतृत्व पर्यटकहरुबाट आउने यो गुनासोले लामो समय देखि आजित बनिरहेको थियो । दैनिक तीन सय बढि पर्यटकले अनुगमन गर्ने यो संग्राहलय विद्युत नभएको समयमा अँध्यारिन्थ्यो । बैकल्पीक उज्यालोको कुनै पनि व्यवस्था थिएन । लुम्बिनी प्रदेश सरकार मातहतको संग्राहलयमा देखिएको यो समस्या समाधान गरिदिन संग्राहलयले हारगुहार गरिरहँदा सम्म पनि समस्या टरेको थिएन । प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयमा नयाँ मन्त्री भित्रिएपछि दरबार संग्राहलय अब जतिबेलै उज्यालो बनेको छ ।

मन्त्री प्रचण्ड विक्रम न्यौपानेले दरबार संग्राहलयमा तत्काल बैकल्पीक उज्यालोको व्यवस्था गर्न निर्देशन दिएलगत्तै त्यहाँ अहिले इन्भर्टर जडान भएको छ ।