गढवा गाउँपालिकाको समन्वयमा कृषि ज्ञान केन्द्र घोराही, दाङले आत्मनिर्भरता कार्यक्रम अन्तर्गत टिपिएस आलु बीउ ७५ प्रतिशत अनुदानमा गढवा गाउँपालिकाका २१ जना कृषकलाई वितरण गरेको छ।

कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सन्तोष खड्काका अनुसार प्रतिकठ्ठा ४०-४५ ग्राम बीउ आवश्यक पर्छ। बीउ वितरण कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवालाई आलु बीउ उत्पादनमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै आलुको बीउ उत्पादनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।