बर्दियाको बाँसगढी नगरपालिका-४ मटेरिया चोकस्थित सडकमा भे १ च ४६८ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।उक्त दुर्घटनामा परी अटोमा सवार बाँसगढी नगरपालिका-८ ककौरा बस्ने ५९ वर्षीय दीर्घ नारायण पंगेनीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

साथै दुर्घटनामा घाइते भएका अटोमा सवारमध्ये १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।