Tuesday, July 8, 2025
Date
मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025
Rapti Darpan
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Rapti Darpan
No Result
View All Result
Home FEATURED

पर्सामा सकियो लामिछानेको बयान, आज पोखरा पुर्‍याइँदै

raptidarpan-Admin by raptidarpan-Admin
बुधबार, मंसिर २६, २०८१
in FEATURED, समाचार, सहकारी
419 4
0
रविविरुद्ध पर्सा जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुर अनुसन्धानका लागि वीरगन्ज ल्याइएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग मंगलबार चार घण्टामै प्रहरी बयान सकिएको छ । वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनका विषयमा लामिछानेसँग पर्सा सरकारी वकिलको कार्यालयमा बयान लिइएको हो । 

सरकारी वकिल कार्यालयका मुख्य न्यायाधिवक्ता भोलानाथ निरौलाका अनुसार लामिछानेलाई ५४ वटा प्रश्न गरिएको थियो । प्रहरी स्रोतका अनुसार लामिछानेले कतिपय विषय स्वीकार गरेका थिए, तर ती के हुन् भन्ने खुलाइएको छैन 

You might also like

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

बयान सकिएपछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ । सरकारी वकिल कार्यालयमा बयान भइरहँदा रास्वपाका नेता तथा कार्यकर्ताले वीरगन्जमा विरोध प्रदर्शन गरेका थिए ।

सहकारीको रकम हिनामिना प्रकरणमा कात्तिक २ मा पक्राउ परेका लामिछानेलाई कास्कीबाट सोमबार साँझ वीरगन्ज ल्याइएको थियो । पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालका अनुसार कास्की प्रहरी हिरासतमा राख्ने म्याद बुधबार सकिने हुनाले बुधबार बेलैमा पोखरा पुर्‍याउने तयारी छ । सहकारी ठगीमै कास्की प्रहरी हिरासतमा रहेका छविलाल जोशी र रामबहादुर खनाललाई पर्सामा सोमबार बयान गराएर मंगलबार बिहान स्थलमार्गबाट पोखरा फिर्ता पठाइएको थियो । पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार लामिछाने, जोशी र खनाललाई पक्राउ गर्न पर्सा अदालतले गत बुधबार अनुमति दिएको थियो ।

लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिमा सञ्चालक एवं प्रबन्ध निर्देशक रहेका बेला सानोपाइला सहकारीबाट ८ करोड ५८ लाख रुपैयाँ सारिएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ । उक्त रकम २०७८ वैशाख ५ देखि २०७९ साउन १९ सम्ममा सानोपाइलाबाट गोर्खा मिडियामा सारिएको हो । जोशीको घरबाट बरामद भएको हार्ड डिस्कमा सानोपाइला सहकारीबाट रकम सिधै गोर्खा मिडियामा सारेको फेला परेको थियो । गोर्खा मिडियाका सञ्चालक एवं पूर्वउपाध्यक्ष जोशीका नाममा पनि सानोपाइला सहकारीबाट एक करोड ८६ लाख ९४ हजार रुपैयाँ प्रवाह भएको अनुसन्धानमा देखिएको छ । त्यसबाहेक सानोपाइला सहकारीबाट ९३ करोड ६२ लाख ९७ हजार रुपैयाँ गैरकानुनी रूपले कार्यक्षेत्रबाहिर ऋण प्रवाह गरिएको पाइएको छ ।

प्रहरीका अनुसार सानोपाइला सहकारीका अध्यक्ष अनन्तबाबु राई, सचिव देवेन्द्रबाबु राई, प्रबन्धक असरफ अली सिद्धिकी, संरक्षक गितेन्द्र बाबु (जीबी) राईलगायत ११ जना फरार

छन् । सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीमा पक्राउ परेर पुर्पक्षका लागि कास्की कारागारमा छन् । पक्राउ परेका सहकारीकी पूर्वउपाध्यक्ष नेहा पौडेल र कर्मचारी राधेचन्द्र यादव धरौटीमा रिहा भएका थिए ।

Previous Post

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

Next Post

अटो दुर्घटनामा एक बालिकाको मृत्यु, चार जना घाइते

raptidarpan-Admin

raptidarpan-Admin

Related Posts

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण
FEATURED

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द
FEATURED

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा
FEATURED

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार
FEATURED

घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
Next Post
मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु, दुई जना घाइते

अटो दुर्घटनामा एक बालिकाको मृत्यु, चार जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RaptiDarpan Special

लैंगिक हिंसा नियन्त्रित नगर बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण

लैंगिक हिंसा नियन्त्रित नगर बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण

बिहिबार, मंसिर १३, २०८१
आज विश्व पर्यटन दिवस लुम्बिनी प्रदेशमा,भव्य कार्यक्रमको आयोजना गरेर मनाउँदै 

आज विश्व पर्यटन दिवस लुम्बिनी प्रदेशमा,भव्य कार्यक्रमको आयोजना गरेर मनाउँदै 

शुक्रबार, अशोज ११, २०८१

Don't miss it

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण
FEATURED

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

शुक्रबार, माघ २५, २०८१
गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द
FEATURED

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

शुक्रबार, माघ २५, २०८१
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा
FEATURED

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

शुक्रबार, माघ २५, २०८१
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

शुक्रबार, माघ २५, २०८१
घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार
FEATURED

घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार

शुक्रबार, माघ २५, २०८१
कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला
FEATURED

कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला

शुक्रबार, माघ २५, २०८१

हाम्रो बारेमा

च्यानल राप्ती दर्पण प्रा.लि
राप्ती दर्पण टि.भि/राप्ती दर्पण अनलाइन
कम्पनी दर्ता नं.८७३२८/२०६८/०६९
विभाग दर्ता नं.१५८/२०७५/०७६ 
सम्पर्क: ०८२-५४०३२३,९८५७८४०००८,९७०६२४७४१८
इमेल:crdarpan87328@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.व्यवस्थापक/प्रेस प्रतिनिधी -अरुण बि.सी2.फोटो पत्रकार-सन्जीव खनाल3.प्रमुख संवाददाता-झग्गु भण्डारी
4.संवाददाता-नवराज गुरुङ 5.प्राविधिक-बिनय गुरुङ6.प्राविधिक-इलिना क्षेत्री
7.दृश्य सम्पादक-टेक बहादुर वि.क.

For Advertisement

सम्पर्क नं.०८२–५४०३२३,९८५७८४०००८,९८०६२४७४१८
Email :crdarpan87328@gmail.com

Copyright © 2024 Rapti Darpan TV Dang - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2024 Design - Premium WordPress news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In