दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार दिउँसो सवा २ बजेको समयमा खाद्रे बनहरीबाट तुलसीपुर तर्फ आउँदै गरेको लुप्र ०२-००१ प १७१७ नम्बरको मोटरसाइकल अनियन्त्रि भई रुखमा ठोक्किदा एक जनाको मृत्यु भएको र दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिल ठकुरीले जानकारी दिए ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ३ खमारी निवासी १६ वर्षीय दिपेन्द्र वली रहेका छन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा दिउँसो करिब सवा ३ बजेतिर मृत्यु भएको डिएसपी ठकुरीले बताए ।
त्यस्तै घाइते हुनेहरुमा मोटरसाइकल चालक तुलसीपुर (४ कल्लेखोला निवासी १७ वर्षीय गणेश खड्का र पछाडी सवार घोरनेटी निवासी १८ वर्षीय सन्दीप वली रहेका छन् । सन्दीपको अवस्था गम्भीर छ । घाइते वलीको राप्ती लाईफ कियर हस्पिटल मोतीपुरमा उपचार भई रहेको डिएसपी ठकुरीले जानकारी दिए ।
साथै मोटरसाइकलमा तीन जना सवार रहेका थिए । मोटरसाइकल सडकदेखि ५ मिटर तल खसेको थियो ।