केही दिनदेखि निरन्तर बढिरहेको सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । आज सुन तोलाको एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदीको भाउ हिजोजस्तै एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।