लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यही असोज ११ गते ४५औँ विश्व पर्यटन दिवसलाई महोत्सवकै रुपमा मनाइने भएको छ ।

दाङको घोराहीमा प्रदेशस्तरको कार्यक्रमको आयोजना गरी महोत्सवकै रुपमा दिवसलाई मनाउन लागिएको हो । पर्यटन दिवसका अवसरमा असोज ११ गते जिल्ला समन्वय समिति घोराहीको खुल्ला मञ्चमा भव्य कार्यक्रमको आयोजना गरी मनाइने जनाइएको छ ।धान उत्पादन वृद्धि गर्ने उद्देश्यले यस्तो योजना अगाडि सारेको र यसरी प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १२ हजार, १० हजार र आठ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने उहाँले बताउनुभयो । कार्यक्रम कार्यान्वयका लागि निवेदन दिन किसानलाई आह्वानसमेत गरिएको छ ।
कृषि शाखा प्रमुख बरसाती गडरियाकानुसार पुरस्कृत हुनका लागि कम्तीमा पाँच कठ्ठामा धानखेती गरेको हुनुपर्ने, खेती गरेको कित्ता नम्बर खुल्ने गरी १० वर्गमिटर नमूना लिनका लागि राख्नुपर्ने, काट्ने, दाउने तथा झार्ने समयमा गाउँपालिकाको कृषि विकास शाखालाई खबर गरी शाखाको रोहबरमा धानको तौल लिइने छ ।