सुनको भाउ तोलामा एक लाख ६० हजार रुपैयाँ नाघेको आज पनि नया कीर्तिमान बनाएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५९ हजार सात सय रुपैयाँ थियो ।

पछिल्लो केही दिनयता सुनको भाउ निरन्तर बढिरहेको छ । आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।