१५ माघ,
नेपालगंज उपमहागनरपालिका-१५ जमुनाहबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित कोहलपुर नगरपालिका-१० बस्ने ३० वर्षीय गौरव शर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ चप्परगौडी पुलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-१२ बस्ने २६ वर्षीय रोनित राणालाई सोमबार बेलुकी इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-२ वाटरपार्कबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सुर्खेत बीरेन्द्रनगर नगरपालिका-६ बस्ने १९ वर्षीय अर्जुन सुनार समेत २ जनालाई सोमबार बेलुकी अस्थायी प्रहरी पोष्ट बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।
उक्त सम्बन्धम थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।