लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक र सांस्कृतिक विविधतालाई सम्मान गर्दै, सबै धर्म र संस्कृतिलाई समान आदर गरिएको बताउनु भएको छ ।

क्रिसमस पर्वको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक र सांस्कृतिक विविधतालाई सम्मान गर्दै सबै धर्म र सांस्कृतिलाई समान आदर गरिएको बताउनु भएको हो ।
बुधवार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले इसाई धर्मावलम्बीहरूको महान् चाड क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीवहिनी तथा दाजुभाइहरूप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको हो ।इसाई धर्मका अनुयायीहरूले जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक एवम् सांस्कृतिक उत्सवका रूपमा विविध कार्यक्रमहरूको आयोजना गरी क्रिसमस डे मनाउने गर्दछन् ।