कैलालीका छुट्टाछुट्टै तीन ठाउँमा भएका मोटरसाइकल दुर्घटनामा घाइते भएका तीन जनाको उपचारका क्रममा ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता दर्शन खड्काका अनुसार टीकापुर नगरपालिका हुलाकी सडकमा भएको दुर्घटनामा घाइते भएका टीकापुर नगरपालिका–१ का २२ वर्षीय विनोद चौधरीको टीकापुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
गएराति नै गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्ग सडक खण्डमा भएको दुर्घटनामा चालक कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका– ११ का ३० वर्षीय हाँस्य कलाकार हिक्मत महराको सेती प्रदेशिक अस्पताल धनगढीमा उपचारका क्रममा ज्यान गएको छ ।
यस्तै धनगढी उपमहानगरपालिका– १८ डिपो बजारमा भएको दुर्घटनामा मोटरसाइकल चालक कैलारी गाउँपालिका–३ का ४० वर्षीय कमलेश चौधरीको सेती प्रादेशिक अस्पतालमा ज्यान गएको छ ।