१४ मंसिर
तुलसीपुरमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं- ७ तमाखे निवासी ५६ वर्षिय जेम बहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार घर नजिकै रहेको इपिलको रुखमा घाँस काट्ने क्रममा लडेर सुनुवार घाइते हुनु भएको थियो । घाइते सुनुवारको हिजो दिउसो १२ बजे नसिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।