१४ मंसिर
दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

आज बिहान १० बजे तुलसीपुर उपमहानगरपालिका १८ डाडागाँउ स्थित घोराहि तुलसीपुर सडक खण्डमा घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ख १३८२ नंम्बरको बस आफै अनियन्त्रित भइ बस सडक देखी अन्दाजी २र३ मिटर तल खसेको थियो । बस चालक घोराही– १० बस्ने अन्दाजी २८ वर्षका मनोज चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।