घोराही उपमहानगरपालिका– १६ सर्रा स्थित ज्ञानमाला एकेडेमीले दुर्घटनामा घाइते भएकी एलकेजीमा कक्षामा अध्ययनरत छात्रा सिमान्शी रोका मगरलाई बिमा रकम उपलब्ध गराएको छ । घरमा खेल्ने लडेर घाइते भएकी बालिकालाई विद्यालयले बिमा कम्पनी मार्फत उपलब्ध बिमा रकम भुक्तानी गरिदिएको हो ।
बिमा कम्पनीले दाबी गरिएको रकममा सरकारी नियम अनुरूप करकट्टी गरि ४२ हजार ८ सय ८२ रुपैया उपलब्ध गराएको थियो । विद्यालयका प्रिन्सिपल महेश बस्नेतले छात्रा सिमान्शी रोका मगर र उनका अभिभावक सिमाना रोका मगरलाई आज हस्तान्तरण गर्नुभएको थियो ।

शैक्षिक सत्र २०८१ देखि प्ले ग्रुरुप देखि कक्षा ५ सम्मका विद्यार्थीहरूको विद्यालयले शिखर इन्सुरेन्स कम्पनी घोराही शाखासँग सहमति गरेर विद्यार्थीहरूको दुर्घटना बिमाको प्रबन्ध गरेको विद्यालयका प्रिन्सिपल बस्नेतले बताउनुभयो ।बिमित पक्षले दुर्घटना भएको एक महिनाभित्र उपचारका लागि आधिकारिक कागजपत्र तथा बिलहरू विद्यालयमा पेश गरिसकेको हुनुपर्ने प्रिन्सिपल बस्नेतले जानकारी गराउनुभयो । बिमा अवधि वार्षिक रहेको र बिमा कम्पनीले अधिकतम एक लाख दश बजारसम्मको दाबी भुक्तानी बेहोर्ने सहमति गरिएको प्रिन्सिपल बस्नेतले बताउनुभयो । बस्नेतले आगामी शैक्षिक सत्रमा बिमा योजना कक्षा १० सम्मका विद्यार्थीहरूका लागि समेत गरिने बताउनुभयो ।