बाँके राप्तीसोनारी गा.पा. वडा नं. २ गन्देली पुल नजिकै पूर्व पश्चिम राजमार्ग सडक खण्डमा रहेको पानी निकास हुने सानो पुलको मुनी पानी नभएको सुख्खा भएको ठाउँमा एक पुरुषको शव फेला परेको छ ।

अन्दाजी ४५/५० वर्षको पुरुषको शव गत शनिबार बेवारिसे अवस्थामा फेला परेको हो । शवको पहिचान नखुलेको प्रहरीले जनाएको छ।शवको हुलिया वर्ष अं.४५/५० को जस्तो देखिने बर्ण कल्साउँदो मधेशी मुल्को जस्तो देखिले, पहेलो सर्ट, खरानी रंगको पाईन्ट लगाएको, कपाल छोटो रहेको छ। प्रहरीले उक्त हुलिया भएको व्यक्तिलाई चिन्नु हुने इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा सम्पर्क राख्न अनुरोध गरेकोछ ।