देशका सबैजसो ठाउँमा पानी परे पनि केही ठाउँमा भने निकै ठूलो पानी परेको हो ।पछिल्लो ३ घण्टामा मोरङ र झापाका विभिन्न ठाउँमा ५० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । मधेश, बाग्मती, गण्डकी र सुदूरपश्चिमका विभिन्न ठाउँमा पनि ठूलो पानी परेको छ ।

पछिल्लो ३ घण्टामा झापाको गौरादह, चण्द्रगढी, केचना, अनरमनी बिरता, इलामको कन्काई मैनाचुली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएकोले ती क्षेत्र भई बहने कन्काई, मेची, विरिङ, निन्दा र अरु स–साना खोलाहरुमा आकस्मिक बाढीको तथा होचो भू–भागमा डुवानको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।पछिल्लो ३ घण्टामा झापाको गौरादह, चण्द्रगढी, केचना, अनरमनी बिरता, इलामको कन्काई मैनाचुली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएकोले ती क्षेत्र भई बहने कन्काई, मेची, विरिङ, निन्दा र अरु स–साना खोलाहरुमा आकस्मिक बाढीको तथा होचो भू–भागमा डुवानको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।उहाँका अनुसार पर्सि आइतवार बिहान पनि केही ठाउँमा पानी पर्ने सम्भावना छ । आइतवार दिउँसो या बेलुकीदेखि मौसममा क्रमिक सुधार हुने उहाँले बताउनुभयो । पर्सि आइतवारसम्म नै ठूलो पानी पर्ने सम्भावना भएकाले आज र भोलि पहाडी र हिमाली क्षेत्रमा रात्रिबस नचलाउन सरकारले आग्रह गरेको छ ।