सुनको भाउले आज अर्को कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ५९ हजार सात सय रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ५९ हजार दुई सय रुपैयाँ थियो । सुनको भाउले पछिल्ला केही दिनदेखि लगातार नयाँ रेर्कड बनाउँदै आएको छ ।
त्यस्तै आज चाँदीको भाउ भने पाँच रुपैयाँले घटेको छ । आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेर एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।