२५ माघ,
बर्दिया प्रहरीले २ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ। प्रहरीले फरक फरक मुद्दाका दुई जनालाई पक्राउ गरेको हो।

बर्दिया जिल्ला अदालत २०७३ असार १० गतेको फैसलाको आदेशले रु १०००० जरिवाना तोकिएका अवैध रूपमा ढुङगा चोरी निकासी मुद्दाको फरार प्रतिवादी जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ गिदारपुर बस्ने बर्ष ४१ को जिवन शाह पक्राउ परेका हुन ।
यस्तै बर्दिया जिल्ला अदालत २०८० असोज २३ गतेको फैसलाको आदेशले २० दिन कैद र ७८०००० जरिवाना तोकिएका बैङ्किक कासुर मुद्दामा फरार प्रतिवादी बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नम्बर ३ बस्ने बर्ष २४ को शिव शंकर यादव पक्राउ परेका छन ।
पक्राउ गरी थप कारबाही प्रकृयाका लागि जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।