दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सुरु भएको छ।

बुधबार दुर्गा भवनीआधारभूत विद्यालय मसुरीयामा एक कार्यक्रमकाे आयोजना गरि वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारीले खोप अभियानमा सहभागी हुने स्वास्थ्यकर्मीलाई खोप बाकस हस्तान्तरण गरेपछि वडामा खोप अभियान सुरु भएको हो । वडामा कक्षा ६ देखि १० सम्म पढ्ने १ सय २५ जना र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर सम्मका २ जना किशोरीहरु गरि कुल १ सय २७ जना किशोरीहरुलाई खोप लगाउने लक्ष्य रहेको खुरुरीया आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख कमला न्याैपानेले जानकारी दिनुभयो ।
खाेप शुभारम्भ कार्यक्रममा जनप्रतिनिधि,स्वास्थ्यकर्मी,नेपाल रेडक्रस उप शाखा लालमटियाका सभापति,विद्यालयका प्रधानाध्यापक लगायतकाे सहभागीता रहेको थियो ।वडामा खाेप कार्यक्रम माघ २७ गते सम्म सञ्चालन हुने बताइएको छ।