१३ माघ । दाङमा ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१७ नँयाबस्ती निवासी ३३ वर्षीय रोशन चौधरी र २३ वर्षीय सुरेश चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।

उनिहरुलाइ घोराही उपमहानगरपालिका १४ मिलन चोकबाट ब्राउनसुगर २ सय ७० मिलिग्राम, मोबाइल २ थान र नगद ५ हजार ५ सय रूपैयाँ सहित शुक्रबार राति अस्थायी प्रहरी पोष्ट घोराहीबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस बारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।