१८ पुस
नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको विद्युत महशुल बुझाउने काउन्टर बन्द हुने भएको छ । वितरण केन्द्रको सर्भरमा समस्या आएकाले दुई दिन विद्युत महशुल बुझाउने काउन्टर बन्द हुने प्राधिकरणले जनाएको हो ।

वितरण केन्द्रको सर्भरमा समस्या आएपछि मर्मतका लागि काठमाडौं पठाइने भएकाले उक्त काउन्टर आज र भोली गरी दुई दिनका लागि बन्द रहने नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीलले जानकारी दिनुभयो । तुलसीपुर वितरण केन्द्रको सर्भरमा समस्या आएकाले मर्मत गर्न काठमाडौं लैजानु पर्ने भएको र विद्युत महशुल काउन्टर सञ्चालन गर्न कठिनाई भएकाले दुई दिन विद्युत महशुल भुक्तानी हुने काउन्टर बन्द हुने प्राधिकरणले जनाएको छ ।