पौष १२
दंगीशरण गाउँपालिकाको आयोजनामा जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि २ दिने कानुन निर्माण सम्बन्धि अभिमुखिकरण तथा क्षमता विकास प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि दंगीशरण गाउँपालिकाको सभाहलमा शुरुभएको छ ।

गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा २ दिने क्षमता विकास प्रशिक्षण कार्यक्रमको औपचारिक उद्घाटन गरीएकोहो ।शुक्रबार पहिलोदिन फौजदारी कार्यविधि कानुनी ब्यबस्था र प्रयोगको बारेमा उच्च सरकारी वकिल कार्यालयका प्रमुख धर्मावतार कोइराला र कानुनको परीचय ,संविधान,ऐन,नियम,विनियम,कार्यविधि निर्देशिका र मापदण्डका वारेमा विषेश सरकारी वकिल कार्यालय काठमाडौका सहन्यायाधिवक्ता मोहन सागर बस्याले प्रशिक्षण दिनुभएकोथियो ।