११ पौष । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले भोलि बेलुकादेखि बदली र वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाली क्षेत्रका केही भागमा सामान्य बदली र हिमपातको सम्भावना रहे पनि देशभर सामान्यतया सफा रहने छ । भोलि बेलुका पश्चिम नेपालबाट बदली शुरू हुने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

भोलि बेलुका भित्रने प्रणालीले देशैभर बदली हुने र सुदूरपश्चिम, कर्णाली प्रदेशमा वर्षा हुने पूर्वानुमान गरिएको उहाँले बताउनुभयो । पुसे झरी हुने भएकाले चिसो बढ्दै जाने मौसमविद् मानन्धरले भनाइ छ । पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएपछि न्यूनतम तापक्रम घटेर बिहान र राति बढी चिसो हुने उहाँले बताउनुभयो ।