लामिछानेविरुद्ध चितवन र काठमाडौंमा पनि सहकारी ठगी र सङ्गठित अपराधको अनुसन्धानका लागि पक्राउ पूर्जी जारी भइसकेको छ । यसबीचमा उनलाई अर्को सहकारी संस्थाको रकम अपचलन प्रकरणको अनुसन्धानका क्रममा रुपन्देही समेत पुर्याएर बयान लिइएको थियो।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १५ दिनको म्याद दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधिश भीमलाल बेलबासेको इजलासले लामिछानेलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

पोखराको सूर्य दर्शन सहकारी संस्थाको बचत अपचलन विषयमा जारी प्रहरी अनुसन्धानका क्रममा कात्तिक २ गते काठमाडौंबाटै पक्राउ परेका लामिछानेमााथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ । उनलाई पछिल्लो पटक सबैभन्दा लामो अवधि अर्थात् १३ दिनको लागि म्याद थप गरिएको थियो।